एनआइसी एशिया बैंकले शुभारम्भ गर्यो मास्टरकार्ड सेवा

२०८१ असार १६, आईतवार

काठमाडौं : एनआईसी एसिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ Mastercard Issuance सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड  Issuance सेवाको शुभारम्भ गरिएको हो ।

 

बैंकका अनुसार डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने Mastercard  बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट ग्राहकहरूले प्राप्त गर्न सक्नेछन् । जसमा अत्याधुनिक सुरक्षा प्रविधि (EMV Chip) तथा अत्याधुनिक Contactless प्रविधि समेत प्रयोग गरिएको छ । यस कार्डमार्फत ग्राहकहरूले नेपाल, भारत र भुटानबाट ATM withdrawal को साथमा POS भुक्तानी लगायतको सुविधा उपभोग गर्न सक्नेछन् ।

‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात Mastercard बीचको यो सहकार्यले नेपालको बैंकिङ्ग क्षेत्रलाई थप उचाइमा पु¥याउँन ठोस योगदान दिने विश्वास लिएको बैंकले जनाएको छ । कार्ड बैंकिङ्ग सेवा प्रदायकको रुपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रुपमा रहेको एनआईसी एसिया बैंकले हालसम्म VISA कार्डबाट सेवा प्रदान गरिरहेको छ ।

एन आई सी एसिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार