मन्त्री बन्न कांग्रेस–एमालेमा आकांक्षीको लर्को

२०८१ असार २५, मंगलवार

काठमाडाैं : नेकपा माओवादी केन्द्रबाट आलोपालो धोका खाएपछि सत्ता सहकार्य गर्ने सहमति गरेका नेपाली कांग्रेस र नेकपा एमाले आन्तरिक गृहकार्यमा जुटेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रमलगत्तै नयाँ सरकार गठनको तयारीमा रहेका उनीहरू आन्तरिक छलफलमा जुटेका हुन् । आगामी शुक्रबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । तर, उनले विश्वासको मत पाउने सम्भावना भने छैन ।

यसैबीच एमाले  र कांग्रेस मन्त्रालय भागबण्डाको सहमति नजिक पुगेका छन् । तर, दुबै दलबाट मन्त्री बन्नेको लर्को देखिँदा नेताहरुलाई व्यवस्थान गर्न सकस परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार