प्रतिनिधि सभा बैठकमा गृहमन्त्रीको खोजी

२०८१ असार २५, मंगलवार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेको खोजी गरेकी छिन्।

मङ्गलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले देशभर बाढी, पहिरो र डुबानमा परेर जनताहरू त्रासमा रहेको बेलामा गृहमन्त्री रवि लामिछाने संसदको बैठकमा समेत नआएको भन्दै गृहमन्त्रीको खोजी गरेकी हुन।

उनले देशभर विपद्को अवस्था कस्तो छ सो को बारेमा संसद बैठकमा जानकारी गराउन माग गरिन । उनले गृहमन्त्री आफ्नै फाइल खुल्ने हो कि भनेर संशकित भएको बताइन । उनले यति बेला फाइलको कुरा गर्ने बेला नभएको भन्दै जनतालाई सङ्कटबाट मुक्त गर्न सोच्नुपर्ने बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार