नेपालकै फास्टेस्ट बलर : प्रदिप जैसवालद्वारा उपाधि विजयी

२०८१ असार २५, मंगलवार

काठमाडौँ : वर्ल्डलिंक कम्युनिकेशन्स. लि. ले नेपाल क्रिकेट संघ (CAN) को सहकार्यमा “बिट द स्पीड”: नेपालकै सर्वाधिक गतिमा बलिङ गर्ने खेलाडीको खोजी अभियानको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ । यो २ महिना लामो रोमाञ्चक अभियान, २१ बैशाख २०८१ मा शुरू भएको थियो, जसले नेपालका १८ शहरहरूमा तीव्र गतिको बलरहरूको प्रतिभा पत्ता लगाउने र तिनीहरूको क्षमता विकास गर्ने उद्देश्य राखेको थियो। नेपालका १८ शहरहरुबाट उत्कृष्ट ७ जना खेलाडीहरुलाई काठमाडौंमा दोश्रो चरणको प्रतिश्पर्धाका लागी ल्याइएको थियो ।

उनीहरूले नेपाल ए टिमका मुख्य प्रशिक्षक श्री ज्ञानेन्द्र मल्ल र बलिङ प्रशिक्षक श्री कलाम अलीको निर्देशनमा त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विशेष प्रशिक्षण प्राप्त गरेका थिए।

अन्तिम चरणको प्रतिश्पर्धामा ७ प्रतियोगीहरूले आफ्नो बलिङ कौशल प्रदर्शन गरेका थिए। निर्णायकहरूले खेलाडीहरुको दौडने शैली, बल रिलिज, ग्यादर र गति जस्ता पक्षहरूको गहन मूल्याङ्कन गरेका थिए। सो प्रतिश्पर्धामा प्रदीप जैसवालले १२५ किमी प्रति घण्टाको नयाँ कीर्तिमान बनाउँदै यस प्रतियोगितामा जित हाँसिल गर्न सफल भए। सन्देश थापा र राहुल कुमार यादवले क्रमश: १२२ किमी प्रति घण्टा र १२१ किमी प्रति घण्टाको गति प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन देखाएका थिए ।

भावी सम्भावनाको पहिचान गर्दै प्रतिश्पर्धी रवि दमाईलाई “इमर्जिङ्ग ट्यालेन्ट” को रूपमा नगद पुरस्कार सहित सम्मानित गरिएको थियो। वर्ल्डलिंकको यस “बिट द स्पीड” अभियानको विजेता प्रदीप जैसवालले पनि नगद पुरस्कार जित्नुका साथै, वर्ल्डलिंकको प्रायोजनमा भारत स्थीत चेन्नईको एमआरएफ पेस फाउन्डेसनमा प्रशिक्षणको अवसर प्राप्त गर्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार