काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित

२०८१ असार २५, मंगलवार

काठमाडौं : काठमाडौं महानगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पास भएको छ।

मंगलबार राष्ट्रिय सभा गृहमा बसेको १५ औं नगर सभाको पाँचौं बैठकमा नगर सभामा मेयर बालेन शाहले आर्थिक वर्ष २०८१/ ०८२ को संशोधित नीति तथा कार्यक्रम र बजेट पेश गरेका थिए। उक्त संशोधित नीति तथा कार्यक्रम र बजेट नगर सभा सदस्यहरूले सर्वसम्मत पास गरेका हुन्।

आज भएको बैठकमा नगर सभा सदस्यहरूले बजेट संशोधनका लागि आफ्नो धारणा व्यक्त गरेका थिए। उक्त प्रस्ताव यथासम्भव संशोधन गर्ने गरी सर्वसम्मत पारित भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार