नुहाउने क्रममा बेपत्ता युवकको शव फेला

२०८१ असार २५, मंगलवार

कैलाली : कैलाली जिल्लाको कैलारी गाउँपालिका–९ गधरियास्थित भुरा नदीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीले मंगलबार फेला पारेको छ ।

सोही ठाउँ बस्ने अन्दाजी २० वर्षीय अजय राना असार २३ गते नुहाउने क्रममा उक्त नदीमा डुबेर बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरबाट खटिएको सुरक्षा फौजले उनको शव डुबेको स्थान भन्दा करिब १९ किलोमिटर तल काठमा अड्किएको अवस्थामा फेला पारेको हो ।

उनको शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार