रामेछापमा जीप दुर्घटना हुँदा वृद्धाको मृत्यु, नौ जना घाइते

२०८१ असार २६, बुधबार

रामेछाप : रामेछापको मन्थलीबाट मन्थली नगरपालिका–७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ३९०९ नम्बरको जीप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा ६२ वर्षीया माया विक रहेकी छिन् । घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार