कोपा अमेरिका : मेसीको गोलमा क्यानडालाई हराउँदै अर्जेन्टिना फाइनलमा

२०८१ असार २६, बुधबार

काठमाडौं : लिओनल मेसीले कोपा अमेरिका २०२४ मा पहिलो गोल गर्दा अर्जेन्टिनाले क्यानडालाई २-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका छन् ।

मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाका लागि मेसी र जुलियन अल्भारेजले गोल गरे । खेलको २१औं मिनेटमा अल्भारेजले रोड्रिगो डे पउलको पासमा गोल गर्दै अर्जेनटिनालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा मेसीले गोल थपे । उनले ५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा जारी कोपामा पहिलो गोल गरेका हुन् । आफ्नो करियरको सातौं कोपा खेलिरहेको मेसीले सन् २०११ बाहेक ६ संस्करणमा गोल गरेका छन् । उनले सन् २००७ मा पहिलो पटक कोपा खेल्दा दुई गोल गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार