
काठमाडौँ : मरिच एक प्रकारकाे स्वादीलाे मसला हाे। दुध, चिया, रोटी, तरकारी आदिमा मरिच प्रयोग गर्दा स्वाद मिठो आउँछ । खाने मसलाको धुलोमा मरिच मिसाएमा त्याे स्वस्थ्यकर पनि हुन्छ । स्वादका लागि मात्रै होइन मरिच स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ।
गरम मसलाको सबैभन्दा राम्रो स्रोत कालो मरिज एक यस्तो मसला हो, जसको सेवन स्वादको लागि मात्र नभई स्वास्थ्य सम्बन्धि विभिन्न समस्याबाट पनि छुटकारा दिन्छ । यस मसलाको उपयोग तपाई सलाद, फल वा पिज्जा, पास्ता र गार्लिक ब्रेडको साथै चटपटे चीज बनाउनका लागि पनि प्रयोग गर्ने गरिन्छ।
जाडो मौसममा मरिच चियाका साथै अन्य परिकारहरुमा पनि राखेर खाने चलन छ। यसले खानालाई स्वादिलो बनाउनाका साथै शरीरको लागि पनि धेरै फाइदाजनक छ। मरिचको अदितीय फाइदाको बारेमा यहाँ जानिराखौ।
– ज्वरो आएमा मरिचलाई तातो दुधमा मिलाएर पिउनाले आराम मिल्छ साथै महसंग मरिचको धुलो मिसाएर सेवन गरेमा रुघाखोकी लागेको ठीक हुन्छ।
– मरिचको नियमित सेवनले मोटोपना नियन्त्रण गरी तौल कम गर्न मदत गर्दछ, साथै कब्जियत तथा ग्यास्ट्रिक सम्बन्धी समस्यामा पनि लाभदायक मान्निछ।
– टाउको दुखेमा पाँच चम्चा जति गाईको घ्युमा सात गेडा जति मरिच कराईमा तताउनु र छानेर राख्नु यस्तो घ्यू टाउको दुखेको समयमा कंचटमा दल्नाले कम हुने हुन्छ
– कफ र खोकी लागेमा एक दाना फुराएको मरिच मसिनो गरी पिनेर एक चम्चा सखरमा मुछेर सानो–सानो गोली बनाउनुहोस् र दिनको तीन–चार वटा गोली चुस्ने गर्नुहोस्, यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक गराउँछ ।
– ब्लड पेसर बढेको समयमा आधा गिलास पानीमा एक सानो चम्चा मरिचको धुलो मिसाएर पिउनु फाइदाजनक हुन्छ।
– दाँत दुखेमा मरिचको धूलो, खयर, कपुरलाई बराबर मात्रामा पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने,समस्याहरु कम हुने हुन्छ।
– अल्काई भएमा एक चिम्टी मरिचको धूलो आधा चम्चा जीराको धूलो, एक चम्चा महमा फिटेर बिहान–बेलुका केही दिन खाएमा पनि अल्काई कम हुँदै जान्छ ।
– अमलपित्तको रोगमा फुराएको एक चिम्टी मरिचको धूलो, एक चम्चा मह, एक ग्लास पानीमा फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुँदै जानेछ ।
– औलोको ज्वरोमा नीमको बोक्रा , कुटकी, सुठो र मरिच सबै बराबर मिसाएर चूर्ण बनाउने । एक चौथाँइ चिया चम्चा मनतातो पानीसँग बिहान बेलुका सेवन गरे औलो ज्वरो पनि बिस्तारै निको हुँदै जान्छ ।
– भोक लाग्नमा एक डाडु भाङको गेडाको धूलोमा एक चम्चा मरिचको धूलो मिसाउने र बिहान खाली पेटमा एक चम्चा महसँग फिटेर खाने गरेमा भोक राम्ररी जाग्नेछ ।
– घाँटी दुखेमा राती सुत्ने बेलामा आठ, दश गेडा मरिच र मिश्रीको टुक्रा चपाएर तातो पानीसंग निलेमा चिसोले घाँटी बसेको निको हुन्छ ।
– मरिचको सेवनले पेटको दुखाई कम गर्न मदत गर्छ, साथै मरिचमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने सक्रमणबाट बचाउछ।