उपसभामुख रानालाई अमेरिकाले दिएन भिसा

२०८१ श्रावण २, बुधबार

काठमाडौँ : संघीय संसद्की उपसभामुख इन्दिरा रानालाई अमेरिकी सरकाले भिषा दिन अस्वीकार गरेको छ ।

उपसभामुख रानाले आफू लगायत ६ जना युवाको नाम राखेर काठमाडौस्थित अमेरिकी दूतावासमा भिसाका लागि आवेदन दिएकी थिइन् ।तर,अमेरिकाले उनीसहित कसैलाई पनि भिसा दिन अस्वीकार गर्यो ।

राज्यबाट भिआइपी सुविधा पाउने कुनै पनि व्यक्ति विदेश जानुपरे भिसा लगायतका सबै प्रक्रिया सरकारी संयन्त्रले नै अघि बढाउने प्रचलन रहेको छ तर उपसभामुखको हकमा संसद सचिवालय हुँदै परराष्ट्रबाट सबै काम हुने गर्छ । तर, उपसभामुख रानाले भने सिधै आफै पत्र लेखेर भिसाका लागि आवेदन दिएको दाबी गरिएको छ ।

यसअघि एनआरएनए युकेको निमन्त्रणामा गत मार्च २ तारिख लण्डन जान लाग्दा पनि रानामगरको भ्रमण भीसा अस्वीकृतिका कारण अन्तिम समयमा स्थगित हुन पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार