काठमाडौ : नेपालीको भान्सामा सजिलै पाईने कुरा हो ज्वानो । यो खाना बनाउदा मात्र हैन औषधीका लागि पनि हामीले यसको प्रयोग गर्न सक्छौ । मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् ।
यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो भने या औषधीकै रूपमा मात्र प्रयोग गर्ने हो भने हाम्रो जीवन स्वस्थ्य रहनेछ । ज्वानोमा रक्सीमा हुने समेत गुण भएकाले पेट दुखाईमा प्रयोग गर्दा तत्काल लाभ हुन्छ । दम रोग लागेकोमा ज्वानोको धुवाँ लिँदा सास फेर्न सहज बनाउँछ ।
मधुमेहमा ज्वानो १ चियाचम्चा ज्वानोको दाना र ४ चियाचम्चा बेलपातको जुस दिनको दुईदेखि तीनचोटी खाँदा मधुमेह नियन्त्रण हुन्छ । ज्वानोमा पेटमा भएका धेरै रोगलाई हटाउने सामथ्र्य छ । वायुविकार र पेट फुल्ने रोगमा जादुगरी औषधी हो ज्वानो ।
ज्वानो एक मसला हो । यसले खानामा सुगन्ध थप्छ । अजवाईनले खानामा स्वाद दिनुका साथै स्वास्थ्यको लागि पनि फाईदा पु¥याउँछ । ज्वानोको फूल फल तेल सबै औषधीको रुपमा प्रयोग हुन्छ । यसको फूलमै यस्तो औषधी हुन्छ की यसलाई सुँघ्दा मात्र नै टाउको दुखाई हटेर जान्छ ।
ज्वानोका यस्ता छन् १० फाइदा
१. पेटको दुखाईबाट तुरुन्त आराम : पेटमा एकदमै कम मात्रामा अल्कोहल हुन्छ । यसकारण पेटको दुखाईमा तुरुन्त आराम मिल्छ । ज्वानो कालो नुनको साथमा मिलाएर पानीको साथ पिउँदा पाचन प्रणालीमा सुधार भएर आउँछ । जसको कारण अपच, ग्याष्ट्रिक लगायतका पेटको समस्या दूर भएर जान्छ । नियमित ज्वानो लिने गरेमा हत्तपत्त पेटको समस्याले सताउँदैन ।
२. सर्दीबाट बचाउँछ : १५-२० दिनसम्म २ ग्रामको दरले अजवाइन खानुहोस् । यसो गर्नाले तपाईको कफ, सर्दी माईग्रेन हटेर जान्छ । यसका साथै ज्वानो पानीमा मिसाएर बाफ पनि लिन सक्नुहुन्छ । पानीको साथ ज्वानो चपाउँदा पनि फाइदा गर्छ । ज्वानोको पात, कालो मरिस, तुलसी, अलैँची मिसाएर चिया पिउनाले राम्रो गर्छ ।
३. डायविटिज नियन्त्रण गर्छ : डायविटिजको विरामीले १ चम्चा ज्वानोको दानामा चार चम्चा बेलको रस मिसाएर दिनको २–३ पटक पिउनाले फाईदा गर्छ ।
४. नशा हटाउँछ: जाँड रक्सीको कुलतमा फसेका व्यक्तिले तातो पानीसंग ज्वानो खाएमा नशा छुटाउन मद्धत गर्छ ।
५. किड्नीको स्टोन हटाउँछ : किड्नी स्टोनको घरेलु उपचारको लागि ज्वानोको प्रयोग गर्न सकिन्छ । ज्वानोको दानासंग त्यति नै मात्रामा मह मिसाएर १० दिनसम्म सेवन गरे किड्नीको स्टोन घुलेर पिसाबसंग बाहिर निस्कन्छ ।
६. गर्भवती महिलाको लागि फाईदाजनक : गर्भावस्थामा महिलाको शरिरमा विभिन्न बदलावहरु आउँछन् । यस्तो बेलामा पाचन प्रणालीमा निकै असर पुग्छ । त्यसको लागि ज्वानो सेवन गर्दा फाईदा पुग्छ । बच्चा जन्मेपपछि पनि ज्वानो सख्खरको साथ खानाले शरिरमा रक्त सञ्चार राम्रो हुन्छ भने दुधको मात्रा पनि बढ्छ ।
७. कानको दुखाई हटाउँछ : कानको दुखाइ सर्दी लागेको बेला र जाडो महिनामा बढि हुन्छ । ज्वानोमा हुने एन्टीब्याक्टेरिया, एन्टीसेप्टिक लगायतका तत्वहरु हुन्छन् । यसले कानको दुखाई हटाउँछ । ज्वानोलाई अदुवा वा सर्सिउँको तेलमा राखेर तताउनुहोस् । त्यसलाई छानेर केही थोपा कानमा लगाउनुहोस् ।
८. दाँतको दुखाई हटाउँछ : दाँत दुखेर हैरान हुनुभएको छ भने ज्वानो पानीमा हालेर उमाल्नुहोस् । सो पानीले मुख कुल्ला गर्नुहोस् । त्यसैगरी ज्वानोको टुक्रालाई दुखेको दाँतको विचमा राखेर चेप्नुहोस् । यसो गर्नाले दाँत दुखेको हटेर जान्छ ।
९. पेटको रोगबाट बचाउँछ : पाईल्स भएमा ज्वानो कालो नुनमा राखेर दैनिक सेवन गर्नाले फाइदा मिल्छ । उल्टी भएमा ज्वानो चपाएमा रोकिन्छ । ज्वानोको पात सेवन गर्नाले पेटको रोगहरु लाग्नबाट बचाउँछ ।
१०. जलेको दाग हटाउँछ : शरिरको कुनै पनि भाग जलेर दाग बसेको छ भने ज्वानोको पेष्ट बनाएर लगाउनुहोस् । दाग हटेर जान्छ ।