नेकपा एसको वरिष्ठ उपाध्यक्षमा भुसाल र पाण्डेको लडाइँ

२०८१ श्रावण ३, बिहीबार

काठमाडौँ : महाधिवेशन सकिएको १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने बताएको नेकपा एकीकृत समाजवादी प्रतिबद्धता अनुरूप केन्द्रीय कमिटीलाई पूर्णता दिन असफल भएको छ ।

२१ सदस्यीय पदाधिकारीमध्ये अध्यक्ष, सम्मानित नेता र महासचिव पद प्याक भए पनि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव र सचिवका लागि नेताहरूबिच चर्को दौडधुप र हानथाप चलेको सो पार्टीका नेताहरू बताउँछन् । नेता राजेन्द्र पाण्डे र बेदुराम भुसालबिच वरिष्ठ उपाध्यक्ष कसले हत्याउने भन्ने होडबाजी चलेको सो पार्टीका नेताहरूको भनाइ छ । भुसाललाई अध्यक्ष नेपालले अघि सारेका छन् भने पाण्डेलाई खनाल र महासचिव घनश्याम भुसालको समर्थन रहेको बताइन्छ ।

‘नयाँ र युवाहरूलाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने आवाज चर्को छ । त्यसो गर्दा अघिल्लो कार्यकालका केही पदाधिकारी आउट हुनुपर्छ । तर उनीहरू पद छोड्न चाहँदैनन्’, एक नेताले भने, ‘एकीकृत समाजवादीको महाधिवेशनमा गुट प्रस्ट छुट्टिएको छ त्यो गुट र गुटका नेताहरूलाई व्यवस्थापन गर्न कठिन भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार