सभामुख घिमिरेले सहरी विकासमन्त्री सिंहलाई छलफलका लागि बोलाए

२०८१ श्रावण ४, शुक्रबार

काठमाडौँ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई छलफलका लागि बोलाएका छन् । सभामुखको कार्यकक्षमा बिहान साढे ११ बजे मन्त्रीसहित मन्त्रालयका सचिव, भवनका महानिर्देशक, संसद् भवन निर्माण आयोजनाका पदाधिकारीलाई छलफलका लागि बोलाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

नयाँ संसद् भवन निर्माणको काम धिमा गतिमा भएपछि असन्तुष्ट रहेका सभामुखले सहरी विकास मन्त्री, मन्त्रालय अन्तर्गतका निकायको ध्यानाकर्षण गराउन लागेका हुन् । केही दिनअघि संसद् भवन निर्माणको अवलोकनका लागि पुगेका सभामुख कार्य प्रगतिदेखि असन्तुष्ट रहेका दिए ।

नयाँ सरकार, नयाँ मन्त्री आएको हुनाले सभामुख घिमिरेले ध्यानाकर्षण गराउन लागेका हुन । सहरी विकास मन्त्रालय मातहतमा सिंहदरबार परिसरमा नयाँ सङ्घीय संसद् भवन निर्माण भइरहेको छ । २०७९ सालमा निर्माण सम्पन्न हुनुपर्ने सम्झौता भए पनि हालसम्म भवन निर्माणको काम सम्पन्न हुन नसक्दा नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर संसद् बैठक सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार