बङ्गलादेशमा थप हिंसा भड्कियो, मर्नेको सङ्ख्या २५ पुग्यो

२०८१ श्रावण ४, शुक्रबार

ढाका : बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा जारी देशव्यापी आन्दोलनमा अहिलेसम्म देशका विभिन्न स्थानमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । हिंसात्मक विरोध प्रदर्शनका क्रममा सयौँ मानिस घाइते भएका छन् ।

आन्दोलन र हिंसा निरन्तर बढ्दै गइरहेको छ । धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरी बलबिच हिंसात्मक झडप भइरहेको छ । देशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ । आन्दोलनकारीले सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने माग गरिरहेका छन् ।

विगत केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले १९७१ को मुक्ति सङ्ग्राममा लडेका सैनिकका छोराछोरीलाई सरकारी जागिरमा आरक्षणको विरोध गरिरहेका छन् । सन् १९७१ मा बङ्गलादेश पाकिस्तानबाट छुट्टिएको थियो । स्वतन्त्रताको युद्ध लडेकाहरूलाई यहाँ मुक्ति योद्धा भनिन्छ ।

देशमा सरकारी जागिरको एक तिहाइ यिनै मुक्ति योद्धाका छोराछोरीका लागि आरक्षित गरिएको छ । विगत केही दिनदेखि विद्यार्थीहरूले यसको विरोधमा र्याली निकाल्दै आएका छन् । यो आरक्षण प्रणाली भेदभावपूर्ण भएको भन्दै यसको ठाउँमा योग्यताका आधारमा जागिर दिनुपर्ने विद्यार्थीहरूले बताइरहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार