काठमाडौँ : सशस्त्र प्रहरीले सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पूमा माटोको ढिस्कोले पुरिएका व्यक्तिको जिवितै उद्धार गरेको छ।
शुक्रबार दोर्पूमा तारजालीको पर्खाल बनाउने क्रममा सोलुखुम्बुकै माप्य दुधकोशी गाउँपालिका–५का ४२ बर्षीय तेजबहादुर तामाङ माटोको ढिस्कोले पुरिएका थिए।
सशस्त्र प्रहरीको आश्रित गुल्मको टोलीलले उनलाई जिवितै उद्धार गरेको जनाएको छ। उद्धारपछि तामाङलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको छ। उनको टाउको र कम्मरको भागमा चोट लागेको छ।