संघीय संसद् भवनको निर्माण समयमै पूरा गर्न प्रयास गर्छु : उपप्रधानमन्त्री सिंह

२०८१ श्रावण ४, शुक्रबार

काठमाडौँ : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन थपिएको समयसीमा भित्रै निर्माण कार्य पूरा गर्न आफूले सक्दो पहल गर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतका संघीय संसदका पदाधिकारीहरुले सो भवनको निर्माण कार्यप्रति सम्बन्धित निकायसँग चासो व्यक्त गरेपछि उहाँले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उपप्रधानमन्त्री सिंहले आफू भर्खरै मन्त्रालयमा आएकाले सम्बन्धित निकायसँग छलफल गरेर त्यसको विस्तृत विवरण सभामुख घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष दाहाललगायतका पदाधिकारीहरुलाई उपलब्ध गराउने र त्यसलाई समयमै अझ राम्रो ढंगले काम गराउन लागिपर्ने प्रतिबद्धता जनाए ।

उनले राष्ट्रिय प्राथमिकतामा रहेको सो भवन निर्माणका कार्यमा ढलाई नगरी काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिए ।

‘विभिन्न कारणवश यो ढिलाई हुन गएको छ । यहाँ सम्माननीय सभामुख, अध्यक्षज्युको इन्ट्रेष्ट के हो भने यो ढिलाई किन भयो, अथवा कन्ट्रोभर्सी केही छ कि ? यसमा अझ राम्रो गर्न सकिन्छ कि ? भन्ने कुरा हो उहाँहरुको’ उपप्रधानमन्त्री सिंहले भने,’यो राष्ट्रिय प्राथमिकताको योजना पनि हो । म यो मन्त्रालयमा आएको छु । यसमा तपाईंहरुसँग टचमा भएर यसको जानकारी गराएर टाईमली यसमा सकेसम्म यसमा अझ प्रगति राम्रो गर्नका लागि प्रयास गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार