एमाले–कांग्रेसबीच राजदूत नियुक्तिमा सहमति

२०८१ श्रावण १०, बिहीबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको दुई सातामै एमाले र कांग्रेस राजदूत नियुक्तिमा समझदारी कायम गर्न सफल भएका छन्।

प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच राजदूत नियुक्तिमा  सहमति बनेको हो। उच्च नेतृत्व तहमा भएको सहमति अनुसार अमेरिका, चीन, बेलायत र रुसमा एमालेले राजदूत सिफारिस गर्नेछ। यी चार वटै शक्ति राष्ट्र हुन्, जहाँ पहिलो पटक र एमालेले एकै पटक आफ्नो सिफारिसमा राजदूत पठाउन लागेको हो।

प्रधानमन्त्री ओली निकट उच्च स्रोतका अनुसार भारत, जापान, अस्ट्रेलिया र मलेसियामा कांग्रेसको सिफारिसमा राजदूत नियुक्त गर्ने सहमति बनेको छ। एमाले र कांग्रेसबीच खाली रहेका अन्य देशमा पनि राजदूत सिफारिस गर्ने सहमति सहजै बनेको उच्च स्रोतले जनाएको छ। सहमति अनुसार एमालेभन्दा कांग्रेसले एक बढी देशमा राजदूत सिफारिस गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार