झापामा करेन्ट लागेर एक किशोरको मृत्यु

२०८१ श्रावण १०, बिहीबार

झापा : करेन्ट लागेर झापामा एक किशोरको मृत्यु भएको छ । झापाको कचनकवल गाउँपलिका-४ केचना बस्ने ललन साहका १५ वर्षीय छोरा विशालको बुधबार राति १० बजे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरको टिनको छानोमा करेन्ट सर्ट भएको र किशोरले अचानक छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर अचेत अवस्थामा रहेका उनको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार