रास्वपा केन्द्रीय समिति बैठक सुरू

२०८१ श्रावण १०, बिहीबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरू भएको छ। बैठक बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा सुरू भएको हो।

रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाका अनुसार बैठकको सुरूवातमा प्राकृतिक प्रकोप र दुर्घटनाबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

विभिन्न ९ एजेन्डामाथि बैठकमा छलफल सुरू भएको छ। विधान संशोधन, विभाग प्रमुख मनोनयन, कर्णाली विशेष अभियान लगायतका विषय एजेन्डामा राखिएका छन्।

यी हुन् छलफलका विषयहरुः
१. पार्टी गतिविधि र समसामयिक राजनीतिक अवस्था बारे जानकारी
२. विभाग प्रमुख मनोनयनबारे छलफल
३. विधान संशोधन प्रक्रिया थालनी र कार्यदल पुनर्गठन४. क्लोज क्याम्प बारे छलफल
५. कर्णाली विशेष अभियान
६. प्रदेश अभिमुखिकरण र जिल्ला बैठक र जिल्ला बहस
७. सल्लाहकार परिषद्मा मनोनयन
८. केन्द्रीय विभागको बाँकी रहेको मनोनयन वारे छलफल र अनुमोदन
९. विविध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार