सौर्य जहाज दुर्घटनाः घाइते पाइलट शाक्य बोल्न सक्ने अवस्थामा, दिमागको एमआरआई हुँदै

२०८१ श्रावण १०, बिहीबार

काठमाडौँ : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको दिमागमा देखिएको दागसम्बन्धमा चिकित्सकले अनुसन्धान सुरु गरेका छन्।

शरीरका विभिन्न ठाउँमा लागेको चोट र ढाडको दुई ठाउँमा भाँचिएको हड्डीले भने गम्भीर समस्या नदिने भएपनि दिमागमा देखिएको दाग के कारणले भएको भन्नेबारे अनुसन्धान सुरु भएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ। बुधबार बिहान भएको जहाज दुर्घटनामा गम्भीर घाइते भएका पाइलट शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।

दिमागमा देखिएको दागसम्बन्धमा एमआरआई गरेपछि मात्र केही भन्न सकिने न्युरो सर्जन डा।अमित थापाले बताए। एमआरआई बिहीबार नै गर्ने उनको भनाइ छ। पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्थामा बुधबारको तुलनामा बिहीबार केही सुधार देखिएको र ‘खतरामुक्त’ भई बोल्न सक्ने अवस्थामा रहेका छन्। उनी झोलिलो पदार्थ खान सक्ने अवस्थामा पुगेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार