सैन्य हेलिकप्टर दुर्घटना : सवार सबैको मृत्यु

२०८१ श्रावण १०, बिहीबार

काठमाडौं : पश्चिम रुसमा एक सैन्य हेलिकप्टर दुर्घटना भएको छ । मी २८ मोडेलको सैन्य हेलिकप्टर दुर्घटनामा सवार सबैको मृत्यु भएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

आरटीका अनुसार मस्कोबाट ३२० किलोमिटर दक्षिणपश्चिमको कालुगा क्षेत्रमा दुर्घटना भएको हेलिकप्टर सोभियत संघताका बनेको हेलिकप्टर मोडेल हो ।

सन १९८२ मा बनेको यो हेलिकप्टरका दुई सिट हुन्छन् । आक्रामक हेलिकप्टरको रूपमा पहिचान बनाएको हेलिकप्टर प्राविधिक खराबीको कारणले दुर्घटना भएको बताइएको छ ।

तर, युक्रेनसँग युद्धरत रुसको सैन्य हेलिकप्टर दुर्घटना भएकोले अरु कुनै कारण पनि हुन सक्ने कतिपयले सामाजिक सञ्जालमा अनुमान गरेका छन् । तर, रुसले भने प्राविधिक कारणले यस्तो दुर्घटना भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
2
+1
0
+1
0
+1
2
+1
2

ताजा समाचार