पश्चिम नवलपरासीमा सर्पले टोकेर बालकको मृत्यु

२०८१ श्रावण १०, बिहीबार

परासी : पश्चिम नवलपरासीको सुनवलमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । सुनवल नगरपालिका-२ बस्ने ४ वर्षको बालक सामुल नेपालीको मृत्यु भएको हो ।

घरको कोठाभित्र खेलिरहेको अवस्था सर्पले टोकेको प्रहरीले जनाएको छ । उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएपनि उपचारको क्रममा मृत्यु भएको थियो ।

गर्मी बढेपछि जिल्लामा सर्पदंशका बिरामी बढेका छन् । जिल्ला अस्पतालमा दैनिक जसो सर्पले टोकेका बिरामी आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार