
काठमाडौँ : कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको छ।
नगर उपप्रमुख शुभ लक्ष्मी शाक्यका अनुसार हाल वीर अस्पतालको सघन कक्ष (आइसियु) मा नकर्मीको उपचार भइरहेको छ। उनले नगर प्रमुख नकर्मीको स्वास्थ्य जटिल अवस्थामा रहेको जानकारी दिए। मिर्गौलामा समस्या देखिएपछि नकर्मी नियमित डायलिसिस गराउँदै आएका छन् ।
शाक्यले पछिल्लो एक महिनादेखि उहाँको स्वास्थ्यमा झनै समस्या देखिएको जानकारी दिए।