मुख्यमन्त्री पाण्डे उपचारका लागि भारत जाँदै

२०८१ श्रावण ११, शुक्रबार

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारका लागि भारतको नयाँदिल्ली जाने भएका छन् ।

घुँडासम्बन्धी समस्याको उपचारका लागि मुख्यमन्त्री पाण्डे शनिबार दिल्ली उड्दै छन् । भारत जाने भएपछि पाण्डेले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई दिएका छन् ।मुख्यमन्त्री पाण्डे नियमित उपचारका लागि दिल्ली जान लागेको प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए ।

उनका अनुसार पाण्डे ४ दिनपछि फर्किने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार