
काठमाडौँ : प्रहरी वृत्त महाराजगञ्जका डीएसपी फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले वृत्त महाराजगञ्जमा डीएसपी रविन्द्र नाथ पौडेललाई पठाएको छ । त्यहाँ कार्यरत डीएसपी अमर थापा सरुवा भएका छन् ।
डीएसपी थापा युएन मिशनमा जाँदै छन् । मिशनमा जाने भएपछि उनको ठाउँमा पौडेललाई काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए ।