कांग्रेसलाई आस्था र निष्ठाको केन्द्र बनाएरै छाड्छौँ : गगन थापा

२०८१ श्रावण २०, आईतवार

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने बताएका छन्।

आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन्। उनले पार्टीभित्र भएका गल्ती तथा कमजोरीहरुलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताहरुले भरोसा गर्ने ठाउँमा पार्टीलाई पुर्‍याउने बताए। पार्टीले गर्ने निर्णयहरुलाई शुद्ध र पवित्र राख्ने पनि उनकाे भनाइ थियाे।

उनले पार्टीभित्रको सुद्धिकरणको विषयलाई पनि आफुहरुले गम्भीरतापूर्वक लिएको सुनाए।  ‘नेपाली कांग्रेस पार्टी अझ शुद्ध होस्। पार्टीको निर्णयहरुको पक्षमा चोक, चौतारामा मज्जाले वकालत गर्न पाइयोस्। बोल्न पाइयोस्। पार्टीले गर्ने निर्णयहरुको कारणले गर्दा तपाईंहरुको कसैको शीर ननिहुरियोस्।’ उनले भने। पार्टीले नेपाली कांग्रेसको कठिन समयमा पार्टी तथा आन्दोलनलाई जोगाउन भुमिका खेल्ने अग्रजहरुलाई सम्मान पनि गर्ने उनले बताए।

उनले गल्ती कमजोरीहरु सच्याएर पार्टीलाई भरोसा गर्ने ठाउँसम्म पुर्‍याउनमा जाेड दिए। “कांग्रेसलाई आस्थाको केन्द्र, निष्ठाको केन्द्र फेरि एकपटक बनाउनुपर्छ भन्ने तपाईंहरुको चाहाना अनुसार त्यस्तो पार्टी बनाएरै छाड्छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार