आज राति भीषण वर्षाको सम्भावना

२०८१ श्रावण २१, सोमबार

काठमाडौँ : हाल देशभर मौसम आंशिकदेखि साधारणतया बदली छ।

बागमती प्रदेशका केही, गण्डकी प्रदेशका थोरै तथा कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति देशभर मौसम साधारणतया बदली रहने छ।

यस क्रममा कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

साथै राति कोसी, मधेस र बागमती प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने कोसी र बागमती प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार