भक्तपुरमा ११ महिने बालिकाको बाल्टिनमा डुबेर मृत्यु

२०८१ श्रावण २२, मंगलवार

भक्तपुर : भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं.१० चित्तपोलमा ११ महिने बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं.२ घर भई हाल सोही स्थान बस्ने गीता बस्नेतको छोरी ११ महिनाकी नेलिस्ता बस्नेतको मृत्यु भएको हो ।

खेल्ने क्रममा अचानक पानी भएको २० लिटर प्लास्टिकको बाल्टिनमा डुबी उनको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ। पानीमा डुबेपछि अशक्त भई तत्कालै उपचारको लागि ख्वप अस्पताल च्यामासिंह भक्तपुर लगिएकोमा उपचारको क्रममा चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार