गोरखा मिडियाले लिएको ऋणको जिम्मा लिन्नँ : रवि लामिछाने

२०८१ भाद्र ७, शुक्रबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोरखा मिडिया नेटवर्कले सहकारीबाट लिएको ऋणको जिम्मा आफूले नलिने बताएका छन् ।

शुक्रबार सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिमा बयान दिँदै उनले आफूले गोरखा मिडिया नेटवर्कमा कुनै लगानी नगरेको र ‘स्वेट सेयर’ लिएकाले सहकारीबाट आएको ऋणको जिम्मा लिन आफू बाध्य नहुने बताएको समितिका एक सदस्यले बताए । ‘मैले स्वेट सेयर १५ प्रतिशत लिएको थिएँ, मैले कुनै पैसा लगानी गरेको छैन, यसअघि पनि सार्वजनिक रूपमा भनिसकेको छु,’ लामिछानेको भनाइ उद्धृत गर्दै ती सदस्यले भने ।

आफू कुनै पनि सहकारी सदस्य नभएको भन्दै सहकारीको ऋणको विषयमा जिम्मा लिन नसक्ने उनले बताए । समितिको आज बसेको बैठकमा समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नका रुपमा आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग सोधपुछ गरिएको समिति सभापति सूर्य थापाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार