तपाईं अभिभावक भएर बस्नुस्, पार्टीमा दुःख गरेकोलाई सभापति बनाउनुहोस् : विजय गच्छदार

२०८१ भाद्र ७, शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पार्टी सभापति शेरबहादुर देउवालाई अभिभावक भएर बस्न सुझाव दिएका छन् ।

शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता गच्छदारले सभापति देउवालाई अभिभावक भएर बस्न र सँगै लडेका नेताहरूलाई सभापति बनाउन सुझाव दिएका हुन् । ‘सभापति ज्यु अब तपाई अभिभावक भएर बस्नुहोस् र तपाईसँगै पार्टीमा लडेर दुःख गरेको बलबहादुर केसी, बिमलेन्द्र निधि, प्रकाशमान सिंह वा पूर्णबहादुर खडकालाई सभापति बनाउनुहोस्’, गच्छदारको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तपाईंले बनाउनुहुन्छ भने म पनि तयार नै छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार