ज्योति विकास बैंकका ग्राहकलाई ट्र्याङ्क्विलिटी स्पामा ३०% छूट

२०८१ भाद्र ७, शुक्रबार

काठमाडौं : ज्योति विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंको ट्र्याङ्क्विलिटी स्पामा ३० प्रतिशत सम्मको विशेष छूट पाउने भएका छन् ।

शुक्रबार ज्योति विकास बैंक र स्पाबीच छूट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार ज्योति विकास बैंकका ग्राहकले ट्र्याङ्क्विलिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधामा उक्त छूट पाउनेछन् ।

साथै ट्र्याङ्क्विलिटी वेलनेस कार्ड (टीडब्लूसी) धारक ग्राहकले ब्यूटी सैलून सेवाहरूमा ४० प्रतिशत छूट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६० प्रतिशतसम्मको विशेष छूट प्राप्त गर्ने बैंकले जनाएको छ । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग पनि निरन्तर सहकार्य गर्दै छूट सुविधा प्रदान गर्दै आइरहेको छ ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार