विष्णु माझीको तीज गीत ‘आइनँ आमा’ सार्वजनिक

२०८१ भाद्र ८, शनिबार

काठमाडाैं : विष्णु माझीको यसवर्षको तीज गीत सार्वजनिक भएको छ ।

अरु कलाकारका थुप्रै गीत यसअघि नै सार्वजनिक भए पनि दर्शकको लामो प्रतिक्षापछि शनिबार बिहान विष्णु माझीको  ‘आइनँ आमा’ बोलको गीतमा युट्युबमा सार्वजनिक भएको हो । विष्णु माझीको आफ्नै सपना म्युजिक इन्ड्रष्टिजको युट्युबमा गीत सार्वजनिक छ ।’पुतलीको भट्टी’ भाग २०’ अन्तर्गत सार्वजनिक गीतमा गीतमा उनको एकल स्वर छ । विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन् ।

सुन्दरमणिकै निर्देशनमा तयार भिडिओमा मोडल ललिता फिचर्ड छिन् । विष्णुले २० वर्षदेखि निरन्तर तीज गीत सार्वजनिक गर्ने गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार