तनहुँ बस दुर्घटनाका घाइतेहरू भेट्न भारतबाट राज्यमन्त्री आउँदै

२०८१ भाद्र ८, शनिबार

काठमाडौँ : तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाका शव लिन भारतकी राज्यमन्त्री नेपाल आउने भएकी छन्। घाइते भएका आफ्ना नागरिकलाई भेट्न र शव लिनका लागि भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडेस नेपाल आउन लागेकी हुन्।

शुक्रबार आँबुखैरेनीको ऐना पहरा नजिकै भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्ययु भएको थियो भने १६ जना घाइते भएका थिए।

मृतकको शव चितवनको भरतपुर अस्पतालमा परीक्षण गरिंदैछ। आज दिउँसो १२ बजेसम्म परीक्षण सकेर सम्बन्धित पक्षलाई बुझाउने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार