युक्रेनलाई थप सैन्य सहयोग गर्ने अमेरिकाको घोषणा

२०८१ भाद्र ८, शनिबार

वासिङ्टन : अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की सँगको वार्ताका क्रममा कियभका लागि १२ करोड ५० लाख डलर मूल्यको थप सैन्य सहयोगको घोषणा गरेका छन् ।

बाइडेनले युक्रेनका लागि सैन्य सहायताको घोषणा गर्दा आफूलाई गर्व लागेको विज्ञप्तिमार्फत जनाएका छन् ।

सहयोगमा युक्रेनको महत्वपूर्ण पूर्वाधारको रक्षा गर्न हवाई रक्षा मिसाइल समावेश छन् । अमेरिकाले रूसको विकसित रणनीति विरुद्ध रक्षा गर्न ‘काउन्टर–ड्रोन’ उपकरण र ‘एन्टी–आर्मर’ मिसाइल, युक्रेनी सैनिकको प्रतिरक्षाका लागि गोलबारुद लगायत मोबाइल रकेट प्रणाली सहयोग गरेको जनाएको छ ।

बाइडेनले अमेरिका युक्रेनी स्वतन्त्र जनताको साथमा रहेको उल्लेख गरे। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सैन्य सहायताको घोषणाको प्रशंसा गर्दै युक्रेनमा विशेष गरी हवाई रक्षाको तत्काल आवश्यकता रहेको सामाजिक सञ्जाल एक्समार्फत बताए ।

अमेरिकाले युक्रेनलाई एक प्रमुख सैन्य समर्थक भई सन् २०२२ फेब्रुअरीमा रूसले आक्रमण सुरु गरेदेखि ५५ अर्ब डलर भन्दा बढी हतियार, गोला बारुद र अन्य सुरक्षा सहायता प्रदान गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार