एमाले केन्द्रीय कार्यालयको बैठक आइतबार बस्ने

२०८१ भाद्र ८, शनिबार

काठमाडौं : नेकपा एमालेले केन्द्रीय कार्यालयको बैठक आइतबार बोलाएको छ । आइतबार बिहान ११ बजे केन्द्रीय मुख्यालय च्यासलमा बैठक बोलाइएको छ ।

महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालयले सचिवालय बैठकका लागि एजेण्डा तय गर्नेछ । ‘केही दिनपछि सचिवालय बैठक बस्दैछ, सचिवालयका लागि एजेण्डा तय गर्न केन्द्रीय कार्यालयको बैठक बोलाइएको हो’, केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले भने ।

उनका अनुसार मंगलबारतिर सचिवालय बैठक बस्ने तयारी भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार