मोरङको कपडा पसलमा आगलागी हुँदा २५ लाखको क्षति

२०८१ भाद्र ८, शनिबार

मोरङ : मोरङको उर्लाबारी नगरपालिका–६ को एक कपडा पसलमा शनिबार बिहान आगलागी हुँदा करिब २५ लाख बराबरको क्षति भएको छ।

उर्लाबारी नगरपालिका–६ मा भोलामान श्रेष्ठको घरको सटर भाडामा लिएर उर्लाबारी–७ का कुलबहादुर थापाले सञ्चालन गरेको कपडा पसलमा आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार बन्द सटरभित्र रहेको कपडा पसलमा आगलागी हुँदा २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको हो। थापाले सञ्चालन गरेको सत्कार किड्स एण्ड मोर कपडा पसलमा आगो लाग्दा पसलभित्र रहेका सबै कपडा जलेर ध्वस्त भएको छ।

सोही पसलको छेउमा रहेको फलफूल पसलमा पनि आगोले सामान्य क्षति पुग्दा २० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

दमकल, प्रहरी र स्थानीयले करिब १ घण्टापछि आगो नियन्त्रणमा लिएको र आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमानका साथ थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार