प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्‍यो १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव

२०८१ भाद्र ९, आईतवार

काठमाडौँ : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यही ७ गतेको सञ्चालक समितिको बैठकले आव २०७९/८० को वितरणयोग्य मुनाफाबाट हालकायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश बाँड्न नेपाल बीमा प्राधिकरणसमक्ष लेखिपठाउने निर्णय गरेको हो।

प्राधिकरणले स्वीकृति दिएपछि आगामी वार्षिक साधारणसभाबाट स्वीकृतिपछि वितरण गरिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार