काठमाडौँ : अपि पावर कम्पनी लिमिटेडले सेयरधनीलाई ९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको गत ७ गते बसेको सञ्चालक समिति बैठकले उक्त प्रस्तावको निर्णय गरेको हो।
कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को खुद मुनाफाबाट हाल कायम कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाखको ९ प्रतिशतका दरले बोनस सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय भएको हो।
विद्युत् नियमन आयोगको स्वीकृतिपछि कम्पनीको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लाभांश वितरण हुनेछ।