पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

२०८१ भाद्र ९, आईतवार

उदयपुर : विद्यालयबाट घर फर्कँदै गरेका खोटाङका दुई बालकको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ। स्थानीय चङ्कु खोला दहमा डुबेर जिल्लाको ऐसेलुखर्क गाउँपालिका १ राखाबाङ्देल खिरुका ११ वर्षीय अर्जुन राई र ९ वर्षीय राज राईको ज्यान गएको हो।

एकाघरका काका बडाबाउका छोरा उनीहरु शुक्रबार दिउँसो विद्यालयबाट घर फर्कँदै गर्दा गर्मी छल्न भन्दै दहमा पौडी खेल्न पस्दा डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। मृत्यु हुने अर्जुन र राज एकाघरका दाजुभाइ टङ्कराम राई र भोजकुमारका छोरा भएको जिल्ला प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम खड्काले बताए।

घटनास्थल इलाका प्रहरी कार्यालय ऐसेलुखर्कभन्दा निकै टाढा पर्ने र खबर पनि ढिला भएकाले टोली पठाएर उद्धार गर्न खोजे पनि संभव नभएको बताए। प्रहरीले घटनास्थलको सर्जमिन मुचुल्का गरी शनिबार दुवैको शव पोष्टर्माटमका लागि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पठाएको छ। पोष्टमार्टम गरेपछि शव आफन्तको जिम्मा दिने गरी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान सुरु भएको डिएसपी खड्काले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार