कांग्रेस–एमाले घमण्डी पार्टी हुन्: झलनाथ खनाल

२०८१ भाद्र ९, आईतवार

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालमा दुई पार्टी पद्धतिको सम्भावना नरहेको बताएका छन्।

काठमाडौंमा आइतबार पार्टीका केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्री खनालले कांग्रेस–एमालेको गठबन्धनले दुई पार्टी पद्धतिमा लैजान खोजे पनि असम्भव रहेको जिकिर गरे।

कांग्रेस र एमालेलाई घमण्डी पार्टीको संज्ञा दिँदै नेता खनालले प्रतिक्रियावादी दलाल पुँजीवाद र घोर अवसरवादी दक्षिणपन्थीको प्रतिनिधि पार्टी रहेको आरोप लगाए।

गठबन्धन गर्ने समय भएको सात बुँदे सहमति कार्यान्वयनमा प्रश्न उठाउँदै नेता खनालले आफूहरुको सहयोग बिना संविधान संशोधन हुनै नसक्ने जिकिर गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार