काठमाडौँ : हिमाचल प्रदेशको मण्डीबाट निर्वाचित भाजपा सांसद एवं अभिनेत्री कंगना रनौत पछिल्ला केही दिनदेखि आफ्नो अभिव्यक्तिका कारण विवादमा छिन्। कंगनालाई पार्टीबाट निकाल्न भाजपासँग कंग्रेसको माग
यसैबीच कंगनाले आफ्नो आगामी फिल्म ‘इमर्जेन्सी’को बारेमा नयाँ बयान दिएकी छन्। कंगनाले आफ्नो फिल्मलाई सर्टिफिकेट नदिइएको गुनासो गरेकी हुन्। ‘एक्स’मा भिडिओ सन्देश जारी गर्दै कंगनाले भनेकी छन्, ‘हाम्रो फिल्मले सेन्सर बोर्ड सर्टिफिकेट पाएको छ भन्ने धेरै हल्ला चलिरहेको छ, जुन सत्य होइन।’
उनले अगाडि भनेकी छन्, ‘हाम्रो फिल्म सेन्सर बोर्डले पास गरेको थियो तर यसको सर्टिफिकेट रोकिएको छ। हामीलाई धेरै ठाउँबाट ज्यान मार्ने धम्की आएको थियो। सेन्सर बोर्डलाई पनि धम्की दिइएको थियो।’
उनले आफूहरूलाई इन्दिरा गान्धीको हत्या, भिन्डरवाले, पन्जाबको दंगा नदेखाउन दबाब दिइएको दाबी गरेकी छन्। उनले भनेकी छन्, ‘यो मेरा लागि विश्वासै गर्न नसकिने कुरा हो, देशको यस्तो अवस्थाप्रति म खेद व्यक्त गर्छु।’