डडेल्धुरा : डडेल्धुरामा बाख्रा चराउन गएका एक व्यक्ति मृत फेला परेका छन्। उनको चट्याङ लागेर मृत्यु भएको आशंका गरिएको छ।
आइतबार बाख्रा चराउने नजिकैको जंगमा गएका परशुराम नगरपालिका–१० बागथलीका ४० वर्षीय अम्मरबहादुर विष्टको शव सोमबार बिहान जंगलमै भेटिएको हो।
वर्षासँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको आशंका गरिएको छ। उनको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय जोगबुडाबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको छ।