छाया सेन्टरको जग्गा विवादमा अन्तिम सुनुवाइ गर्दै सर्वोच्च

२०८१ भाद्र १७, सोमबार

काठमाडौँ : काठमाडौँको ठमेलस्थित कमलपोखरी (छायादेवी कम्प्लेक्स/छाया सेन्टर) को सरकारी जग्गा अतिक्रमण गरिएको दाबीसहित सर्वोच्चमा दायर भएका १५ थान निवेदनमा अन्तिम सुनुवाइका लागि पेशी तोकिएको छ।

न्यायाधीशद्धय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासमा पेशी तोकिएको छ। सर्वोच्चमा उक्त जग्गा सरकारी कि व्यक्तिको भन्ने विवादमा २०७१ सालदेखि २०७६ सालसम्म दर्ता भएका मुद्दा विचाराधीन रहेको थियो । उक्त विवादमा सर्वोच्चमा सार्वजनिक सरोकार, लिखत बदर, गुठी रैतानी बदर, नक्सा पास बदर र लिखत धितोसमेत बदर माग गर्दै दायर भएका मुद्दा छन् । सर्वोच्चमा यो विवादसम्बन्धी २०७१ साल वैशाखमा अधिवक्ता दीपकविक्रम मिश्रले पहिलो रिट दायर गरेका थिए । त्यसपछि असोजमा थप रिटहरू दर्ता भएका थिए । भवन निर्माण नै रोक्नुपर्ने माग भएपनि अदालतले अन्तिम फैसला नभएसम्म निर्णय नगर्ने भनि सुनुवाइ सार्दै आएको थियो ।

यही विवादमा गुठी लिखत बदर नक्सा बदर माग गर्दै भागवत नरसिंह प्रधानले २०७३ असोज २ गते  सरोकारवाला पक्षको दाबीसहित मुद्दा सर्वोच्चमा दायर गरेका थिए । यो विवादमा अदालतको अपहेलनासहित १५ थान एकैसाथ राखेर सुनुवाइ हुन लागेको हो ।  भागवत नरसिंह प्रधान वादी रहेको उक्त मुद्दामा छायाँदेवी कम्प्लेक्स प्रालि सहितलाई विपक्षी बनाइएको छ।

यससँगै प्रतिमा पाण्डे र शंकरप्रसाद शाह, काठमाडौँ महानगरपालिका, गुठी संस्थान केन्द्रीय कार्यालय विपक्षी छन्। उक्त विवादित जग्गामा सपिङ कम्प्लेक्स बनाउने सुरेशाय हाउजिस कम्पनी प्रालि र अम्बिका राणाविरुद्ध लिखत बदरसमेतको मुद्दा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार