च्यासलको पुलबाट बागमतीमा हाम फालेकी युवती बेपत्ता

२०८१ भाद्र १७, सोमबार

काठमाडौँ : ललितपुर महानगरपालिका- ९ च्यासलस्थित दोभान खोलाको पुलबाट एक जना युवतीले बागमती नदीमा हामफालेकी छन्।आइतबार साँझ ७ बजेतिर उनले बागमतीमा हामफालेकी थिइन्।

हामफालेको थाहा पाएपछि ललितपुर प्रहरी खोजीमा जुटेको छ। ती युवती हामफालेको पुलमुनि २० बर्षीय अन्जली शर्मा, घर रुकम मुसिकोट लेखिएको नोटसहतिको झोला र मोबाइल पनि भेटिएको थियो। भेटिएका कागजपत्र तथा मोबाइल हामफाल्ने युवतीकै हो वा अन्य युवतीको हो भन्ने यकिन भइसकेको छैन्।

हामफालेकी युवतीको अझै खोजी जारी रहेको ललितपुर प्रहरीका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार