रुसमा बेपत्ता भएको पर्यटक हेलिकप्टर हेलिकप्टरको भग्नावशेष फेला, १७ जनाको शव भेटियो

२०८१ भाद्र १७, सोमबार

काठमाडौं : रसियामा शनिबार बेपत्ता भएको हेलिकप्टरको भग्नावशेष फेला परेको छ । यो हेलिकप्टरमा २२ जना सवार थिए । अहिलेसम्म १७ जनाको शव निकालिएको छ । रुसको सुदूर पूर्वी क्षेत्रमा बेपत्ता भएको हेलिकप्टरको भग्नावशेष फेला परेको छ । हेलिकप्टरमा सवार अधिकांश पर्यटक थिए ।

शनिबार कामचटका क्षेत्रमा रहेको भाचकाजेट्स ज्वालामुखी नजिकैको बेसबाट उडेको विमान बेपत्ता भएको थियो । आइतबार अधिकारीहरूले १७ शव फेला परेको पुष्टि गरेका छन्।

यो क्षेत्र पर्यटकका लागि प्रसिद्ध क्षेत्र हो । यो यसको सक्रिय ज्वालामुखी को लागी परिचित छ। के कारणले दुर्घटना भएको हो अझै खुल्न सकेको छैन । एमआई–८टी हेलिकप्टर शनिबार राडारबाट हराएको थियो । उक्त हेलिकप्टरमा १९ पर्यटक र ३ चालक दलका सदस्य सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार