काठमाडौं : पछिल्ला दश महिनामा झण्डै एघार हजार नेपालीहरू अमेरिका पुगेका छन् । अमेरिकी सरकारको स्टेट डिपार्टमेन्टको कन्सुलर विभागका अनुसार सबैभन्दा धेरै विद्यार्थीहरू जुलाई महिनामा पुगेका थिए । उक्त महिनामा १७८८ नेपाली विद्यार्थीहरू अमेरिका पुगेका छन् ।
अरू महिनाहरूमा जनवरी, फेब्रुअरी, मार्च, अप्रिल, म, जुनमा क्रमशः ११०१ जना, २०१ जना, ३९५ जना, १३९९ जना, १५०८ जना र १७०० जना नेपाली विद्यार्थीहरू अमेरिका पुगेका छन् ।
सन २०२३ को अक्टोबर, नोभेम्बर र डिसेम्बरमा क्रमशः ५०८ जना, ७८४ जना र १६०४ जना नेपाली विद्यार्थीहरू अमेरिका पुगेका थिए ।
अमेरिकामा नेपालीहरूले सञ्चालन गरेको समाचार पोर्टल नेपयोर्कका अनुसार अमेरिकामा हुने नेपाली विद्यार्थीहरूले आर्थिक तथा मनोवैज्ञानिक दबाबहरू महसुस गरिरहेका छन् ।
नेपयोर्कसँग कुरा गरेका एक नेपालीले अमेरिकामा जागिर पाउन सकस भएकोले पढाएको शुल्क तिर्न गाह्रो भएको गुनासो गरेका छन् ।