दशगजाबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

२०८१ भाद्र १७, सोमबार

मोरङ : बिराटनगर महानगरपालिका-१८ रेलवे लाईन दशगजाबाट स्रोत नखुलेको ६ लाख रुपैयाँ सहित भारत अररिया फारबिसगंज-१० बस्ने ३९ वर्षीय अर्जुन कुमारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट भेडयारीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३८ एल १९१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कुमारलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार