धनगढी विमानस्थलबाट आइफोनसहित युवक पक्राउ

२०८१ भाद्र १७, सोमबार

नगढी : धनगढी विमानस्थलबाट करीब साढे ८ लाख रूपैयाँ बराबरका एप्पल कम्पनीको आइफोनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

साेमबार बिहान घोडाघोडी नगरपालिका-१ सुखडका २७ वर्षीय राजु चौधरीलाई ८ लाख ४० हजार बराबरका २१ वटा आइफोनसहित पक्राउ गरिएको कैलालीका प्रवक्ताप्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।

पक्राउ परेका उनलाई विमानस्थलको यात्रु प्रवेश द्वारबाटभित्र प्रवेश गर्दा सोही प्रवेश एक्सरे मेसिनमा चेकजाँच गर्दा काठमाण्डौँ पठाउने भनी पठाइरहेको अवस्थामा आइफोन बरामद गरिएको उनले बताए ।

युवकसहित बरामद गरिएका मोबाइल आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार