एनआईसी एशिया बैंक PCI-DSS v4.0 भर्सनमा स्तरोन्नति, कार्डको डाटा सुरक्षा अझ बढी मजबुत

२०८१ भाद्र १७, सोमबार

काठमाडौं । एनआईसी एशिया बैंकको कार्ड प्रयोगकर्ताहरुको डाटा सुरक्षा अझ बढी मजबुत हुनेगरी बैंक PCI-DSS v4.0 भर्सनमा स्तरोन्नती भएको छ ।

बैंकले आफ्नै EFT Switch सञ्चालन गरेको दोस्रो वर्षमै PCI DSS v3.2.1 भर्सनबाट PCI-DSS v4.0   भर्सनमा स्तरोन्नति भएको छ । यस स्तरोन्नतिसँगै यस बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा अझ बढी बलियो बनेको छ ।

बैंकले सन् २०२३ देखिनै एटीएम र कार्डमा आधारित भुक्तानी प्रणाली आफ्नै EFT Switch द्वारा संचालन गर्दै आएको छ । बैंकले भुक्तानी गर्नको लागि डेबिट र क्रेडिट (VISA / Mastercard)छन्, जुन कार्डहरु नेपाल, भारत, र भुटानमा प्रयोग गर्न सकिनुको सथै अन्य विदेशी भुक्तानीको लागि अमेरिकी डलर प्रिपेड कार्ड जारी गरेको छ ।

त्यसैगरी, ATM, POS तथा eCommerce जस्ता प्लेटफर्ममा भुक्तानी प्राप्तिको लागि VISA, Mastercard, China UnionPay स्वीकार गरेको छ । यसै सन्दर्भमा बैंकले कार्ड प्रयोगकर्ताहरुको डाटाको पूर्ण सुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागत रुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ ।

आन्तरिक नियन्त्रणलाई दिगोपन कायम गर्न र स्वतन्त्ररुपमा मूल्यांकन गर्नका लागि बैंकले Panacea Infosec Pvt. Ltd. लाई नियुक्त गरेको थियो । यसैको फलस्वरुप, आफ्नै EFT Switch को शुरुवात गरेसँगै बैंकले PCI DSS v3.2.1 प्रमाणपत्र प्राप्त गर्न सफल भएको र यस स्वीच शुरुवात गरेको दोस्रो वर्षमै PCI DSS v3.2.1 बाट 4.0 भर्सनमा स्तररोन्नती भएको छ ।

यस पुनः प्रमाणिकरणले कार्ड प्रयोगकर्ताको डाटा सुरक्षामा बैंक निरन्तर प्रयास र प्रतिवद्धतालाई स्वतन्त्ररुपमा प्रमाणित गर्नुका साथै बैंकले आवश्यक सबै आन्तरिक नियन्त्रण प्रणालीलाई कार्यान्वयन गरेको सम्पूर्ण सरोकारवालाहरु समक्ष स्पष्ट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार