ढेड किलो चरेस र एक लाख १० हजार भारतीय रुपैयाँसहित २ जना पक्राउ

२०८१ भाद्र १८, मंगलवार

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ बाट लागु औषध ढेड किलो चरेस र एक लाखभन्दा बढी भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन्।

झोलामा लुकाईछिपाई भारततर्फ जादै गरेको अवस्थामा कृष्णनगर नगरपालिका–२ यात्रुगेटबाट १ किलो ४४६ ग्राम चरेससहित रुकुम घर भएका र हाल शिवराज नगरपालिका–१ चैनपुर नौडिहवा बस्दै आएका ६४ वर्षीया कलिसरा पुनलाई प्रहरीले पक्राउ गरेको हो।

सुराकीका आधारमा उनलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक सुरज खत्रीले बताए। सोही चरेस किन्न भारतको हिमाचलबाट एकजना आउँदै गरको भन्ने सूचनाका आधारमा रुकुम पश्चिम बाफिकोट गाउपालिका ७ मकामाका ४० वर्षिय वर्षीय भिमसेन खत्रीलाई समेत प्रहरीले बसपार्कबाट पक्राउ गरेको थियो।

खत्रीलाई १ लाख १० हजार भारतीय रूपैयाँसहित पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले बताए। दुबैजनासँग सोधपुछ भईरहेको र कारोवारमा अन्य व्यक्ति पनि संलग्न रहेको हुन सक्ने प्रहरीले जनाएको छ।

रुकुम, रोल्पा लागयतका पहाडी जिल्लाबाट कृृष्णनगर र त्यस आसपासका नाकाबाट चरेस भारत लैजाने गरेको बुझिएको छ। कारोवारीहरुले महिलालाई भरियाको रुपमा प्रयोग गर्ने गरेको पनि खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार